Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

कांग्रेस महामन्त्री शशांक कोइराला भारत प्रस्थान

कांग्रेस महामन्त्री शशांक कोइराला भारत प्रस्थान

नेपालपाना कार्तिक ६ २०७८
  • 2.9K
    SHARES
  • कांग्रेस महामन्त्री शशांक कोइराला भारत प्रस्थान

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला भारत प्रस्थान गरेका छन् । 

    त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको कोइरालाको टोली सडकमार्ग हुँदै मुम्बई जाने कार्यक्रम रहेको छ । मुम्बईमा उनले उपचाररत कांग्रेस सांसद कर्मा घलेसँग भेट्ने र त्यहाँबाट दिल्ली आउने कार्यक्रम छ । 

    महामन्त्री कोइरालासँग केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का पनि छन् । 

    भारतीय जनता पार्टीको निमन्त्रणमा कोइराला त्यसतर्फ प्रस्थान गरेको बताइएको छ । दिल्लीमा राजनीतिक भेटघाट हुने पनि बताइएको छ । शशांक १४ औं महाधिवेशनमा सभापतिका दाबेदार हुन् । 

    त्यसैगरी दिल्लीमा उपचाररत कांग्रेस नेता प्रदीप गिरीलाई समेत भेट्ने कार्यक्रम रहेको छ ।

    कार्तिक ६, २०७८ शनिवार १३:२०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शशांक कोइराला

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana