Logo

आइतवार, मंसिर १२ गते २०७८

images

देउवापछि रामचन्द्र पौडेल पनि सदुरपश्चिममा, बाढी पीडितका लागि उठाए आवाज

देउवापछि रामचन्द्र पौडेल पनि सदुरपश्चिममा, बाढी पीडितका लागि उठाए आवाज

नेपालपाना कार्तिक ६ २०७८
  • 1.4K
    SHARES
  • देउवापछि रामचन्द्र पौडेल पनि सदुरपश्चिममा, बाढी पीडितका लागि उठाए आवाज

    काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्रलाई सङ्कटबाट बचाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

    कञ्चनपुरको बेलौरीमा आज नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बाढी र पहिराबाट पीडितलाई सहानुभूति व्यक्त गरे ।

     उनले पीडित नागरिकलाई राहत पुग्ने गरी प्याकेज ल्याउन सरकारको ध्यानार्कषण गराए । उनले दक्षिण क्षेत्रमा बाढी र डुबानले परेको क्षतिको स्थलगत अनुगमनसमेत गरे। पौडेलले पार्टीको महाधिवेशन तोकिएको समयमा गर्नुको विकल्प नरहेको बताए ।

    उनले पार्टीलाई सङ्कटबाट जोगाउन पनि एकता आवश्यक रहेको बताए। बेलौरीमा कार्यकर्ता भेटघाट पनि नेता पौडेलले भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रमा बाढीले गरेको कटानको समेत स्थलगत निरीक्षण गरेका थिए । 

    यसअघि कात्तिक ४ गते प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि सुदुरपश्चिमको कञ्चनपुर लगायतका जिल्लाहरूमा पुगेका थिए ।

    कार्तिक ६, २०७८ शनिवार १९:२४:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana