Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

कांग्रेस अवैधानिक भइसक्यो, मंसिर १३ सम्म निर्वाचन नगरे कारबाही हून्छ : रामचन्द्र पाैडेल

कांग्रेस अवैधानिक भइसक्यो, मंसिर १३ सम्म निर्वाचन नगरे कारबाही हून्छ : रामचन्द्र पाैडेल

नेपालपाना कार्तिक ६ २०७८
  • 2.6K
    SHARES
  • कांग्रेस अवैधानिक भइसक्यो, मंसिर १३ सम्म निर्वाचन नगरे कारबाही हून्छ : रामचन्द्र पाैडेल

    काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अवैधानिक भएको टिप्पणी गरेका छन् । शनिबार कैलालीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो टिप्पणी गरेका हुन् ।

    नेता पौडेलले कांग्रेसले वैधानिकता गुमाएर अहिले निर्वाचन आयोगको निगाहामा बाँचिरहेको भनेका छन् ।

    नेपाली कांग्रेसको विधानमा केन्द्रीय समितिको कार्यकाल ४ वर्ष तोकिएको  छ । असाधारण अवस्थामा १ वर्ष थप गर्न पाइने विधानमा उल्लेख छ ।

    यो दुवै समयावधि सकिएका कारण पार्टी अवैध भएको उनले बताएका हुन् । कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘पार्टी विधानले ४ वर्ष कार्यकाल तोकेको छ । असाधारण अवस्थामा बढीमा १ वर्ष थप्न पाइने भनेको छ, त्यो पनि गइसक्यो । विधान अनुसार हामी अवैध भइसक्यौं । ’

    संविधानले पनि राजनीतिक दलले ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको उनले बताएका छन् । कांग्रेसले त्यो अवधि पनि गुजारिसकेको नेता पौडेलले बताए । 

    यति मात्रै हैन्, नेता पौडेलले मंसिरको ९ देखि १३ सम्म निर्वाचन गरेर नयाँ नेतृत्व चयन नगरे कारबाही हुनसक्ने जानकारी समेत पाएको बताएका छन् ।

    कार्तिक ६, २०७८ शनिवार १९:५३:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रामचन्द्र पाैडेल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana