Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

मुख्यमन्त्री लालबाबु राउतले गरे 'मिथिला बाटिका'को उद्घाटन

मुख्यमन्त्री लालबाबु राउतले गरे 'मिथिला बाटिका'को उद्घाटन

नेपालपाना कार्तिक ६ २०७८
  • 1.6K
    SHARES
  • मुख्यमन्त्री लालबाबु राउतले गरे 'मिथिला बाटिका'को उद्घाटन

    काठमाडौँ। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

    सेवा केन्द्रका नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले आजको भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डो¥याउने सेवा केन्द्रको भूमिका प्रशंसनीय रहेको बताए।

    पाँच कठ्ठा क्षेत्रफलमा रु चार करोड ५० लाखको लागतमा निर्माण गरिएको उक्त भवनमा राजयोग सेवा केन्द्रसँगसम्बन्धी प्रशिक्षण सञ्चालन हुने जनाइएको छ ।

    कार्यक्रममा प्रदेशसभा सदस्य राम अशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापासहित समाजसेवीको विशेष सहभागिता थियो ।

    कार्तिक ६, २०७८ शनिवार २०:०२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लालबाबु राउत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana