Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

नेपालमा यसकारण चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी (उदाहरणसहित)

नेपालमा यसकारण चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी (उदाहरणसहित)

नेपालपाना कार्तिक ७ २०७८
  • 71.8K
    SHARES
  • नेपालमा यसकारण चीनभन्दा राम्रो विकास साझेदार हो भारत, जताततै ठग्दै चिनियाँ कम्पनी (उदाहरणसहित)

    काठमाडौं । उदाहरण एक : नेपाल र चीनबीच रसुवागढी(केरुङ रेलमार्ग डीपीआरका लागि सम्झौता भएको तीन वर्ष वितिसकेको छ । ५ देखि ७ वर्षमा रेलमार्ग बनाएर सञ्चालनको घोषणा भएका बेला अहिलेसम्म डीपीआरसम्म बन्न सकेको छैन । चीनको यो परियोजना प्रारम्भिक अध्ययनमै अल्झिएको छ । कागजमा भने रसुवागढीमात्र होइन काठमाडौंसम्मै रेल आइसकेको छ । व्यवहारमा भने जहाँको त्यहीँ छ, हल्लामात्रै धेरै छ । उता भारतले रेलवे ट्रयाक निर्माण गरिसकेको छ, तर चीनले रेलमार्ग बनाउने त परको कुरा डीपीआर पनि गरेको छैन ।

    उदाहरण दुई : गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा २०७४ सालमै सकिनुपर्ने हो । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले यो आयोजनाको निर्माण जिम्मा अर्थात ठेक्का लिएको छ । तर ४ वर्ष ढिलो भइसक्दा पनि अझै सञ्चालन हुने सुरसार छैन । जहिल्यै केही न केही बहाना देखाएर लागत बढाउने र आर्थिक लाभ लिने काममात्रै चिनियाँ ठेकेदार कम्पनीले गरेको छ । ४ वर्षमा सक्नेगरी २०७१ बाट विमानस्थलको निर्माण सुरु भए पनि अझै अलपत्र छ । उता गौतम बुद्ध विमानस्थल सात वर्षअघि शिलान्याश हुँदा कुनै सुरसार नभएको भारतको कुशीनगरमा छोटो समयमै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । नेपालले बुद्ध धर्मावलम्बीलाई भित्र्याउने जुन लक्ष्य राखेर अन्तर्राष्ट्रिय विमानस्थल बनानउ सुरु गर्यो त्यही लक्ष्य राखेर भारतले पनि बनायो । भारतले पश्चिमी बुद्ध सर्किटस् लुम्बिनीरश्रावस्तीरकपिलवस्तुरकुशीनगरलाई सहज बनाउन एयरपोर्ट बनायो । ढिलो सुरु गर्यो तर चाँडै बनायो । तर नेपालमा चिनियाँ कम्पनीले ढिलाईमात्रै गर्यो । निर्माण कहिने पूरा हुन्छ अत्तोपत्तो छैन ।
     
    उदाहरण तीन : पश्चिम सेती जलाशययुक्त जलविद्युत आयोजना निर्माण अलपत्र । २५ वर्षदेखि यो आयोजना अलपत्र छ । आयोजनाको जिम्मा लिएको चिनियाँ कम्पनी थ्री गर्जेजले अलपत्र पारेर छोडेको छ । यति लामो समयसम्म आयोजना बनाएन, होल्ड गर्यो, अरुलाई बनाउन पनि दिएन । यो आयोजना सन् २०१८ सम्ममा पूरा हुनुपर्ने हो । तर चिनियाँ कम्पनी कामै नगरि भाग्यो । जसले गर्दा सुदूरपश्चिमका बासिन्दाले सहज विद्युत पाउने सपनामा धक्का पुग्यो ।
     
    उदाहरण चार : अलपत्र बुढीगण्डकी आयोजना । हाल बुढीगण्डकी चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीले पाएको छ । तर यसमा पनि केही काम अघि बढेको छैन । खाली होल्ड गर्ने काम भएको छ । देउवा सरकारले नेपालीले आफ्नै पैसामा बनाउने निर्णय गरे पनि कम्युनिस्ट सरकारले फेरि चीनलाई सुम्पिएको यो आयोजनामा प्रगति शून्य छ । खाली चीनले जिम्मा लिएको छ भन्ने बाहेक अन्य उल्लेख गर्नलायक अवस्था छैन ।

    यी उदाहरणले चीनको वास्तविक रुप देखाउँछ । यी त उदाहरणमात्रै हुन् । यस्ता धेरै विकासे आयोजना चीनले कब्जा गरेको छ । आफ्नो देशमा भष्मासुर विकास गरेको चीनले नेपालका विकास निर्माण आयोजना होल्ड गरेर समृद्ध बन्न नदिने, होल्ड गरेर कंगाल बनाउने रणनीतिमा अघि बढेको छ । त्यसमाथि चर्को ऋणको भारी पनि विभिन्न प्रलोभनमा बोकाइरहेको छ । 
    अर्कोतिर दक्षिण छिमेकी भारतले बेला बेला छिटपुट दुस्ख दिए पनि विकासे आयोजनाको निर्माणमा भने समयमै फत्ते गरेको छ । सडक, पुलदेखि रेलसम्म समयमै विकास निर्माणका काम सम्पन्न गरेको छ । उदाहरणका लागि हालैमात्र भारतले जयनगर–कुर्था सीमापार रेल खण्डको हस्तान्तरण गरेको छ । 

    भारत सरकारको सहयोगमा निर्माण भएको जयनगर–कुर्था सीमापार रेलमार्ग भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । भारत सरकारको तर्फबाट परियोजनाको कार्यान्वयन निकाय इरकाँन इन्टरनेशनल लिमिटेडले उक्त रेल खण्ड नेपाल सरकारको तर्फबाट उपस्थित नेपाल रेलवे कम्पनी लिमिटेडलाई हस्तान्तरण गर्यो । भारत सरकारको आर्थिक सहयोगमा भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४.९ किलोमिटर न्यारो गज खण्डलाई ब्रोड गजमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको छ । 

    भारत सरकारको आर्थिक सहयोग अन्तर्गत नेरु. ८.७७ अर्ब रुपैंयामा निर्माण भएको ३४.९ किलोमिटर जयनगर–कुर्था खण्ड ६८.७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गकै एक हिस्सा हो । यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज रेलमार्गको रुपमा रहेको थियो । जयनगर–कुर्था खण्डमा कूल ८ वटा स्टेशन र साना स्टेशन रहेका छन् जसमा जनकपुरको ऐतिहासिक महत्वको शहर पनि सामेल छ । 

    एकपटक सञ्चालनमा आए लगत्तै यो भारत र नेपालबीचको पहिलो ब्रोड गज सीमापार रेलमार्ग हुनेछ । यसले दुई देशबीचको व्यापार र वाणिज्य गतिविधिहरुलाई थप बढावा दिनुका साथै जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्नेछ । सीमापार रेल सञ्जालमा जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्ग र १८.६ किलोमिटर जोगबनी–विराटनगर रेलमार्ग समाविष्ट छन् । यी दुवै रेलमार्ग भारत सरकारको आर्थिक सहायता अन्तर्गत निर्माण भएका हुन् । 

    त्यसैगरी भारतले हुलाकी सडकदेखि विभिन्न सडक आयोजना, पुल निर्माण, जलविद्युत, खानेपानी, इन्धन आयोजना पनि समयमै सम्पन्न गरेको छ । समयभन्दा अघि नै पेट्रोलियम पाइपलाइन निर्माण गरेको छ । चीनजसरी अड्काउने, अल्झाउने गरेको छैन । तर असली छिमेकी मानिने चीन नेपालको विकासे आयोजनाका लागि घातक बन्दै गएको छ । यसको उदाहरण लुम्बिनीमा हेरे पुग्छ । चिनियाँ कम्पनीको ढिलाइले गौतमबुद्ध एयरपोर्टका नवनिर्मित संरचना काम नलाग्ने अवस्थामा पुगेका छन् । 

    यसरी समग्रमा हेर्दा चीनको तुलनामा भारत नेपालको राम्रो विकास साझेदार भएको देखिन्छ । भौगलिक, सांस्कृतिक, सभ्यतागत सम्बन्धले पनि भारत नै नेपालको राम्रो साझेदार भएकोमा दुईमत छैन ।

    कार्तिक ७, २०७८ आइतवार ०९:३१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारत

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana