Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

मेरापिकमा बेपत्ता आरोहीको खोजी गर्न तालिम प्राप्त टोली लुक्लामा

मेरापिकमा बेपत्ता आरोहीको खोजी गर्न तालिम प्राप्त टोली लुक्लामा

नेपालपाना कार्तिक ७ २०७८
  • 1.5K
    SHARES
  • मेरापिकमा बेपत्ता आरोहीको खोजी गर्न तालिम प्राप्त टोली लुक्लामा

    काठमाडौँ । मेरापिक क्षेत्रमा बेपत्ता बनेका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । 

    मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता बनेका शेर्पाको खोजीका लागि तीनजनाको टोली आइतबार लुक्ला आइपुगेको हो ।

    सोलुदूधकुण्ड–३ का २९ वर्षीय शेर्पा एडभेन्चर भिक्टोरी प्रालिमार्फत मेरापिक आरोहणका लागि आएको थियो । 

    यही कात्तिक २ गते मङ्गलबार दिउँसोदेखि मेरापिक क्षेत्रको मेराला भन्ने ठाउँबाट उनी बेपत्ता भएका थिए। 

    उनको खोजीका लागि पेम्बा वाङ्छु शेर्पाको नेतृत्वमा सातजनाको तालिमप्राप्त उद्धार टोली मेरापिक जानेछ ।

    एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीका अनुसार सातमध्ये काठमाडौँबाट आइतबार लुक्ला आएका तीनजनासहित लुक्लामा रहेका एक गरी चारजनाको टोली हेलिकप्टरमार्फत मेरापिक जानेछन् । 

    उनीहरु आइतबार नै त्यहाँ जाने योजना रहे पनि मौसम प्रतिकूलताका कारण लुक्लामा नै रोकिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिए । 

    लुक्लाबाट मेरापिक जानका लागि कैलाश एयरको हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

    कार्तिक ७, २०७८ आइतवार १९:३९:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिमाल

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana