Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

विप्लवलाई देउवा सरकारले बनायो खुसी, ओलीले गरेका सहमति कार्यान्वयन

विप्लवलाई देउवा सरकारले बनायो खुसी, ओलीले गरेका सहमति कार्यान्वयन

नेपालपाना कार्तिक ७ २०७८
  • 2.3K
    SHARES
  • विप्लवलाई देउवा सरकारले बनायो खुसी, ओलीले गरेका सहमति कार्यान्वयन

    काठमाडौँ । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार तयार भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाणको पहलमा गृह मन्त्रालयमा भएको छलफलमा सरकार विप्लवसँगको सहमति कार्यान्वयन गर्न तयार भएको हो ।

     दुवै पक्षले तथ्यांक संकलन गरी ‘भेरिफाइ’ गर्ने र कानुनसम्मत नेकपाका विभिन्न घटनामा पक्राउ परेका बन्दीहरूलाई रिहाइ गर्ने तथा मुद्दा फिर्तालाई अगाडि बढाउन दुवै पक्ष सहमत भएका हुन् ।


    बैठकमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खाती तथा नेकपाको तर्फबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए। 

    महान्यायाधिवक्ता खातीले विभिन्न स्थानमा रहेका कानुनसम्मत फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिने र कैदी बन्दीलाई रिहाइ गर्ने विषय सकारात्मक रूपमा अघि बढेको जानकारी दिए। खातीले आजको छलफलमा नेकपाले पार्टीका विभिन्न जेलमा रहेका कैदी बन्दी र मुद्दाको सूची सरकारलाई जानकारी गराउने बताएको पनि बताए। 

    कार्तिक ७, २०७८ आइतवार २०:३७:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विप्लव

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana