Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

बाढी पीडितको घरघरमा पुगे रमेश लेखक, राहतदेखि बाँध निर्माणसम्म गर्न पहल

बाढी पीडितको घरघरमा पुगे रमेश लेखक, राहतदेखि बाँध निर्माणसम्म गर्न पहल

नेपालपाना कार्तिक ७ २०७८
  • 3.0K
    SHARES
  • बाढी पीडितको घरघरमा पुगे रमेश लेखक, राहतदेखि बाँध निर्माणसम्म गर्न पहल

    महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले आज कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितसँग भेटघाट तथा छलफल गरेका छन् । हालै आएको बेमौसमी बर्षाका कारण बाढीबाट जिल्लाको दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

    बाढीबाट सबैभन्दा बढी क्षति भएको दोधारा-चाँदनीको वडा नम्बर ८, ९, १० का बाढी पीडितको भेटमा बाढी पीडितको लागि तत्काल राहत व्यवस्था गर्न सरकार र विभिन्न संघ संस्थासँग पहल गर्ने र दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाई बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । 

    पीडितहरुले बाढीका कारण करोडौको धानबाली नस्ट भएको र सयौं जना घरबारविहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका थिए ।
    दोधारा-चाँदनी नगरपालिकाका करिब ३ सय परिवार अहिलेसम्म पनि सरकारी स्कुलमा बसिराखेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवासमेतको टोलीले ४ कात्तिकमा बाढीपिडित क्षेत्रको अवलोकन गरेका थिए । 

    नेता लेखकले आफू सधै यस क्षेत्रको विकासको लागि सदैब तत्पर रहेको र बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।

    कार्तिक ७, २०७८ आइतवार २२:१७:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रमेश लेखक

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana