Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

चैत ५ भित्र चुनाव गरिसक्न निर्वाचन आयोगको आग्रह

चैत ५ भित्र चुनाव गरिसक्न निर्वाचन आयोगको आग्रह

नेपालपाना कार्तिक ८ २०७८
  • 2.5K
    SHARES
  • चैत ५ भित्र चुनाव गरिसक्न निर्वाचन आयोगको आग्रह

    काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीहरुले आगामी चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन  गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य केही मन्त्रीहरुसँग भएको छलफलमा आयोगका पदाधिकारीहरुले यस्तो बताएका हुन्।

    संकटकाल बाहेकको अवस्थामा म्याद थप्ने व्यवस्था नभएका कारण स्थानीय तहको निर्वाचन चैत ५ गतेभित्र गरिसक्नुपर्ने आयोगले जनाएको छ ।

    आयोगले देशभर एकै चरणमा एकै पटक स्थानीय तहको निर्वाचन गर्न तयार रहेको समेत स्पष्ट पारेको छ ।

    प्रदेशसभा र प्रतिनिधिसभाको अवधि भने १४ महिना बाँकी छ । त्यसैले पहिला स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने आयोग पदाधिकारीहरुको भनाइ छ ।

    कार्तिक ८, २०७८ सोमवार १७:५१:०७ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana