काठमाडौँ। नेपाल बार एशोशिएसनको सोमबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा उत्पन्न परिस्थितिका कारण निकास दिनुपर्ने निष्कर्ष निकालेको छ ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितको बैठकले जबराले सर्वोच्चको गरिमा बचाइराख्न प्रधानन्यायाधीस जबराले राजीनामा दिनु उपयुक्त भएको निश्कर्ष निकालेको हो ।
यसैगरी सर्वोच्च अदालत बार एशोशिएसनले पनि जबरालाई निकासको आग्रह गरेको छ ।
चौतर्फीरुपमा प्रधानन्यायाधी जबराको राजीनामाको माग भइरहेका बेला आज डाकिएको फूलकोर्ट बैठक बहुमत न्यायाधीशहरुले बहिष्कार गरेपछि उनीमाथि थप चुनौती थपिएको छ ।