Logo

बुधवार, मंसिर १५ गते २०७८

images

जनयुद्धपछि शान्ति ल्याउन भारतको सकारात्मक हात छ - प्रचण्ड

जनयुद्धपछि शान्ति ल्याउन भारतको सकारात्मक हात छ - प्रचण्ड

नेपालपाना कार्तिक ८ २०७८
  • 2.5K
    SHARES
  • जनयुद्धपछि शान्ति ल्याउन भारतको सकारात्मक हात छ - प्रचण्ड

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशवर्षे जनयुद्धपछि नेपालमा शान्ति ल्याउन भारतको सकारात्मक हात रहेको बताएका छन् ।

    नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया-नेपाल टाइज’को सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बोल्दै उनले भने, 'भारतको सकारात्मक धारण नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै नेपालमा शान्ति आउँदैनथ्यो, नेपालको मात्रै प्रयासले जनयुद्ध शान्ति प्रक्रियामा आउन सम्भव हुने थिएन।'

    यद्यपि अध्यक्ष प्रचण्डले जनयुद्ध भारतको सहयोगमा नभएको स्पष्ट पारेका छन् । माओवादी जनयुद्धलाई भारतको कुनै प्रकारको सहयोग नरहेको उनले दाबी गरेका छन्। 

    कार्तिक ८, २०७८ सोमवार १९:१८:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana