Logo

बुधवार, मंसिर १५ गते २०७८

images

कांग्रेस महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने तयारी

कांग्रेस महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने तयारी

नेपालपाना कार्तिक ८ २०७८
  • 2.2K
    SHARES
  • कांग्रेस महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने तयारी

    काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने बिषयमा पार्टी नेतृत्वसँग छलफल गर्ने भएको छ । समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    मंसिर ९–१३ गतेका लागि तोकिएको कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार अधिवेशन हुन सकेको छैन । प्रदेश २ का आठ जिल्लासहित १३ जिल्लामा वडा अधिवेशन भएको छैन भने रौतहट र रसुवामा क्रियाशील सदस्यता विवाद सुल्झिएको छैन ।

    निर्वाचन समितिले वडा अधिवेशन नभएका जिल्लामा तिहारअघि पालिका अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।  हिमाली २१ जिल्लामा दशैंअघि नै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने कांग्रेसको निर्णय थियो, तर १३ जिल्लामा मात्रै अधिवेशन भएको छ । 

    त्यस्तै अधिकांश जिल्लामा पालिका अधिवेशन मात्रै भएको छ । कार्यतालिका अनुसार अधिवेशन नभएपछि निर्वाचन समितिले पार्टीसँग छलफल गर्न लागेको हो ।

    कार्तिक ८, २०७८ सोमवार १९:३०:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana