Logo

आइतवार, मंसिर १८ गते २०७९

भारत भ्रमणमा जादै प्रधानसेनापति प्रभुराम शर्मा

भारत भ्रमणमा जादै प्रधानसेनापति प्रभुराम शर्मा

नेपालपाना कार्तिक ११ २०७८
  • 4.6K
    SHARES
  • भारत भ्रमणमा जादै प्रधानसेनापति प्रभुराम शर्मा

    काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । उनी यही कात्तिक २३ गते भारतको भ्रमणमा जाने भएका हुन् ।

    प्रधानसेनापति शर्माको भारत भ्रमणको कार्यक्रमलाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

    प्रधानसेनापति शर्मा भारतको मानार्थ प्रधानसेनापतिको पदवी ग्रहणका लागि त्यसतर्फ जान लागेका हुन् । नेपालका प्रधानसेनापतिले भारतको र भारतका सेनापतिले नेपालको मानार्थ प्रधानसेनापति पदवी ग्रहण गर्ने परम्परा छ ।

    कार्तिक ११, २०७८ बिहिवार २०:५६:५६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सेना
  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend