Logo

आइतवार, मंसिर १८ गते २०७९

प्रधानसेनापति शर्मालाई दिल्लीमा भारतीय राष्ट्रपतिले यति ठूलो सम्मान दिँदै

प्रधानसेनापति शर्मालाई दिल्लीमा भारतीय राष्ट्रपतिले यति ठूलो सम्मान दिँदै

नेपालपाना कार्तिक ११ २०७८
  • 25.1K
    SHARES
  • प्रधानसेनापति शर्मालाई दिल्लीमा भारतीय राष्ट्रपतिले यति ठूलो सम्मान दिँदै

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिवसीय भारत भ्रमणमा जाने भएका छन् । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरिसकेको छ ।

    भारतीयस्थल सेनाध्यक्षको मानार्थ दर्ज्यानी चिह्न ग्रहण गर्न प्रधानसेनापति शर्मा भारत जान लागेका हुन् ।

    नेपाल र भारतका सेना प्रमुखलाई कदरस्वरूप एकअर्काको मानार्थ महारथीबाट सम्मान गर्ने प्रचलन छ ।

    प्रधानसेनापति शर्मालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीबाट सम्मान गर्ने कार्यक्रम नेपाली सेनाले जनाएको छ ।

    यसअघि भारतका स्थल सेनाध्यक्ष नरवानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेकी थिइन् ।

    कार्तिक ११, २०७८ बिहिवार २१:१६:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय सेना
  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend