Logo

सोमवार, आश्विन १७ गते २०७९

श्रीलंकाको बन्दरगाह झै कब्जा गर्न नेपालमा हात हाल्यो चीनले, तर सबै योजनाहरु अलपत्र

श्रीलंकाको बन्दरगाह झै कब्जा गर्न नेपालमा हात हाल्यो चीनले, तर सबै योजनाहरु अलपत्र

नेपालपाना कार्तिक १३ २०७८
  • 5.4K
    SHARES
  • श्रीलंकाको बन्दरगाह झै कब्जा गर्न नेपालमा हात हाल्यो चीनले, तर सबै योजनाहरु अलपत्र

    काठमाडौँ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत नेपालमा बनाउन प्रस्ताव गरिएका परियोजनाहरु अलपत्र परेका छन् । चीनसँग बीआरआईमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएपछि नेपालमा चार वटा सरकार बनेपनि उक्त प्रक्रियअ अघि नबढेको हो ।

    सन् २०१७ मा बीआरआईमा आबद्ध भएको नेपालमा सो अन्तर्गत नौ वटा परियोजना अघि बढाउने निर्णय गरिएको थियो । ती परियोजनामा केरुङ—काठमाडौँ रेल निर्माण, रसुवागढी—काठमाडौँ सडकको स्तरोन्नति, किमाथांका—हिले सडक निर्माण, गल्छी—रसुवागढी—केरुङ ४०० केभी प्रसारण लाइन, तमोर जलविद्युत् आयोजना निर्माण, मदन भण्डारी प्राविधिक शिक्षालय निर्माण र फुकोट कर्णाली जलविद्युत् परियोजना, दिपायलदेखि चिनियाँ सीमासम्म सडक र टोखा—विदुर सडक सडक रहेका थिए ।

    यद्यपि यी कुनै पनि परियोजना निमार्णका लागि प्रक्रिया अघि बढेको छैन् । खासगरी चीनले आफ्नो सामानहरु अन्य देशमा निर्यात गर्ने आफ्नो फाइदाका लागि बीआरआई योजना अघि बढाएको बताइन्छ ।

    जस्तै नेपालमा  केरुङ—काठमाडौँ रेल बनेपछि नेपालमा उत्पादीत सामान भन्दा सस्तो चीनबाट भित्रिन सक्छ र यसले नेपालको व्यापार घाटा ह्वात्तै बढाउनसक्छ । चीनले यी परियोजनामा ठूलो ऋण लगानी गर्ने हुँदा पछि त्यो ऋण तिर्न समस्या आएमा चीनले परियोजनानै कब्जा गर्ने गरेको छ । 

    यसको उदाहरण श्रीलंकाको हम्बनथोटा बन्दरगाह हो । जुन चीनले ऋण लगानीमा बनाइदिएको थियो तर, पछि श्रीलंकाले ऋण तिर्न नसक्दा चीनले ९९ वर्षका लागि यो बन्दरगाह कब्जा गरेको छ ।

    कार्तिक १३, २०७८ शनिवार १८:३६:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend