Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

चलचित्र ‘उचाइ’को छायाङ्कन सकियो

चलचित्र ‘उचाइ’को छायाङ्कन सकियो

नेपालपाना कार्तिक १४ २०७८
  • 2.2K
    SHARES
  • चलचित्र ‘उचाइ’को छायाङ्कन सकियो

    काठमाडौँ। बलिउड चलचित्र ‘उचाई’को नेपालमा  छायाङ्कन सकिएको छ । नेपालमा २५ दिन यसको छायाङ्कन गरिएको थियो ।  दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन गरिएको यो चलचित्र  २८ अक्टोबरमा नेपालको कार्यतालिका पूरा गरेको हो ।

    खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस चलचित्रको शुक्रबार पहिलो तालिका अन्तर्गतको छायाङ्कन सकिएको  र दोस्रोका लागि  भारतका विभिन्न स्थानमा छायाङ्कन हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

    सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकार सहभागी थिए ।  चलचित्रमा अमिताभ बच्चन भएपनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्र निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।

    कार्तिक १४, २०७८ आइतवार १९:४७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana