Logo

आइतवार, मंसिर १८ गते २०७९

कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा, यस्तो छ कारण

कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा, यस्तो छ कारण

नेपालपाना कार्तिक १५ २०७८
  • 6.2K
    SHARES
  • कर्णालीका मुख्यमन्त्री शाहीले दिए पदबाट राजीनामा, यस्तो छ कारण

    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन्। ​सोमबार कर्णालीवासीको नाममा सम्बोधन गर्दै शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

    सत्ता साझेदार नेपाली काँग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् । काँग्रेस माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय काँग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

    तत्कालीन नेकपा विभाजित भएपछि शाही सरकार अल्पमतमा परेपछि काँग्रेसको समर्थन र तत्कालीन एमाले ४ सांसदको फ्लोर क्रसको बलमा सरकार जोगिएको थियो । त्यतिबेला अर्थात वैशाख ३ गते ६ महिनापछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने गरी मुख्यमन्त्री शाही र  काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच लिखित सहमति भएको थियो । 

     

    कार्तिक १५, २०७८ सोमवार १९:२२:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend