Logo

बुधवार, आषाढ २२ गते २०७९

images

राष्ट्रपति भिजिटमा गएकै बेला नेपालको अन्तर्राष्ट्रिय एयरपोर्ट चीनको कब्जामा, फहराइयो चिनियाँ झण्डा

राष्ट्रपति भिजिटमा गएकै बेला नेपालको अन्तर्राष्ट्रिय एयरपोर्ट चीनको कब्जामा, फहराइयो चिनियाँ झण्डा

नेपालपाना कार्तिक १६ २०७८
  • 62.9K
    SHARES
  • राष्ट्रपति भिजिटमा गएकै बेला नेपालको अन्तर्राष्ट्रिय एयरपोर्ट चीनको कब्जामा, फहराइयो चिनियाँ झण्डा

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अहिले लुम्बिनी भ्रमणमा छिन् । उनी लुम्बिनी क्षेत्रमा रहँदा उत्तरी छिमेकी चीनले लुम्बिनीकै गौरव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेको छ । 

    विगतमा राज्यहरुबीच युद्ध लडेर आफ्नो झण्डा फहराएर कब्जा गरेजस्तै चीनले आफ्नो झण्डा विमानस्थलमा फहराएर कब्जा गर्न खोजेको छ । झण्डा हेर्दा यो कुनै चीनको भू-भागजस्तो देखिन्छ । तर, यो नेपालको भूभागमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल हो जहाँ चिनियाँ झण्डा टर्मिनलमै फहराइएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मीनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको हो । ६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो।

    टर्मिनलमै चिनियाँ झण्डा राखेर चीनले नेपालमा आफ्नो प्रभुत्व प्रदर्शन गर्न थालेको छ । चिनियाँ झण्डा नेपालको विमानस्थलको टर्मिनलमा राखेपछि विरोध हुन थालेको छ । तर, सरकारले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन ।

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

    उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । उक्त मूर्ति स्थापना गर्नुअघि नै विमानस्थलको टर्मिनल भवनको छतमा चिनियाँ झण्डा फहराइएको पाइएको छ ।

    कार्तिक १६, २०७८ मंगलवार १०:२६:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल-चीन-सम्बन्ध
  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend