Logo

आइतवार, मंसिर १८ गते २०७९

स्कटल्याण्डमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, दुबै नेताले गरे यस्तो संकल्प

स्कटल्याण्डमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, दुबै नेताले गरे यस्तो संकल्प

नेपालपाना कार्तिक १६ २०७८
  • 7.7K
    SHARES
  • स्कटल्याण्डमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, दुबै नेताले गरे यस्तो संकल्प

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्याण्डको ग्लास्गोमा साइडलाइन वार्ता भएको छ ।

    मंगलबार भएको भेटवार्तामा द्विपक्षीय घनिष्ठ सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

    देउवा प्रधानमन्त्री भएपछि मोदीसँग पहिलो औपचारिक भेटवार्ता भएको हो । सोमबार ग्लास्गोमै रात्रिभोजमा दुई नेताबीच जम्काभेट भएको थियो ।

    आजको भेटमा जलवायु परिवर्तनको असर र कोभिड-१९ महामारीबारे पनि छलफल भएको बताइएको छ । महामारीविरुद्ध मिलेर काम गर्ने संकल्प दुबै नेताले गरेका छन् ।

    कार्तिक १६, २०७८ मंगलवार १७:५८:०९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend