Logo

बुधवार, जेठ ४ गते २०७९

images

न्यायालयको विवाद समाधान गर्न गठबन्धन सरकारले चाल्यो पहल

न्यायालयको विवाद समाधान गर्न गठबन्धन सरकारले चाल्यो पहल

नेपालपाना कार्तिक १६ २०७८
  • 5.3K
    SHARES
  • न्यायालयको विवाद समाधान गर्न गठबन्धन सरकारले चाल्यो पहल

    काठमाडौँ। न्यायालयमा देखिएको प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरामाथिको आरोपित विवाद समाधान गर्न गठबन्धन सरकारले नै पहल चाल्ने भएको छ ।

    सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले देखिएको समस्याको समाधानकोलागि पहल गर्ने बताएका हुन् । 

    मंगलबार गृहजिल्ला रौतहटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले न्यायालयको विवाद चाँडै समाधान हुने बताएका हुन् । प्रधानन्यायाधीसको बिषयलाई लिएर अहिले नेपाल बार एशोसिएसशन आन्दोलित छ । 

    कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई गफाडी नम्बर वानको संज्ञा दिएका छन् । उनले भने,‘उनी लास्टै गफाडी हुन् ।’ उनले ओलीले बोलेका कुराहरु अहिलेसम्म केही पूरा नभएको आरोप समेत लगाएका छन् ।

    कार्तिक १६, २०७८ मंगलवार १९:२४:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend