Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

बिजुली बेच्ने नेपालको सपना भारतले गरिदियो पुरा, आजै रातिबाट ३९ मेगावाट विद्युत निर्यात हुँदै

बिजुली बेच्ने नेपालको सपना भारतले गरिदियो पुरा, आजै रातिबाट ३९ मेगावाट विद्युत निर्यात हुँदै

नेपालपाना कार्तिक १६ २०७८
  • 5.1K
    SHARES
  • बिजुली बेच्ने नेपालको सपना भारतले गरिदियो पुरा, आजै रातिबाट ३९ मेगावाट विद्युत निर्यात हुँदै

    काठमाडौँ। भारतको विद्युत मन्त्रालयले अनमुति दिएसँगै नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्री गर्ने तयारी थालेको छ । 

    मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।

    यससँगै नेपालको विद्युत प्राधिकरणले पहिलो चरणमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स) मा बिक्री गर्ने भएको छ ।

    दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ 

    कार्तिक १६, २०७८ मंगलवार २०:२२:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana