Logo

शुक्रवार, माघ ७ गते २०७८

images

नेपाली विद्यार्थीमाथि चीनको अत्याचारले सीमा नाघेपछि संघर्षमा उत्रिए ७ वटा विद्यार्थी संगठन, यस्ता छन् माग

नेपाली विद्यार्थीमाथि चीनको अत्याचारले सीमा नाघेपछि संघर्षमा उत्रिए ७ वटा विद्यार्थी संगठन, यस्ता छन् माग

नेपालपाना कार्तिक १७ २०७८
  • 12.4K
    SHARES
  • नेपाली विद्यार्थीमाथि चीनको अत्याचारले सीमा नाघेपछि संघर्षमा उत्रिए ७ वटा विद्यार्थी संगठन, यस्ता छन् माग

    काठमाडौं । नेपाली विद्यार्थीमाथि चीनको रवैयाविरुद्ध सात विद्यार्थी संगठन संघर्षमा उत्रिएका छन् ।

    संयुक्त विद्यार्थी संघठनका अध्यक्षहरुले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाउँदै कुटनीतिक पहल गरी तत्काल समस्या समाधान माग गरेका छन् ।

    कोभिड १९ महामारीका कारण चीनलगायत विदेशमा अध्ययन गरिरहेका सयौ नेपाली विद्यार्थी बाध्य भएर बीचमै स्वदेश फर्केकोमा पुनः चीननगायत अन्य देश गएर अध्ययन गर्न पाइरहेका छैनन् । चीनले लिन मानिरहेको छैन । जसले विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ । विद्यार्थीले पटक पटक प्रयास गर्दा पनि चीनले टेरेको छैन ।

    विद्यार्थीमाथि चीनको अत्याचार र वेवास्ताको सीमा नाघेपछि विद्यार्थी संगठन संघर्षमा उत्रिएका छन् । उनीहरुले विज्ञप्तिमा भनेका छन्, 'सयौ संख्यामा नेपाली विद्यापीहरु, पीएचडी, एमडी/एमएस, एमडीएस, एमबीबीएस, इन्जिनियरिङ तथा एमबीए लगायतका कोष अध्ययनको कमलाई बीचमा छाडेर नेपालमै बस्न बाध्य भएका थिए। पुनः चीनलगायत विश्वका अन्य देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा उनीहरुको शैक्षिक भविष्य बन्योलमा परेको छ।

    साथै, अभिभावकहरुले आफ्ना सन्तानलाई पीन लगायत विश्वका अन्य देशमा उच्च शिक्षा अध्ययनका लागि लगानी गरेको करोडौं रकम पनि खेर जाने अवस्था सृजना भएको छ ।

    प्राविधिक विषयहरूको अध्ययन अनलाइनबाट सम्भव नहुने र त्यस्तो योग्यताको प्रमाणपत्रलाई नेपालमा मेडिकल काउन्सिल तथा इञ्जिनियरिङ काउन्सिलले समेत मान्यता नदिने अवस्था छ ।'

    तसर्थ, नेपाली अभिभावकहरुको करोडौं लगानी र विद्यार्थीहरुको सुन्दर सपनालाई चकनाचुर हुनबाट जोगाउन पागलगायत अन्य देशका सरकारसंग कुटनीतिक पहल मार्फत तत्काल पुनः चीनलगायत विश्वका अन्य देशमा गएर अध्ययन गर्ने वातावरण मिलाउन माग गरिएको छ ।

    ज्ञापनपत्र निकाल्नेमा नेविसंघ राजिव दुगाना, अखिल क्रान्तिकारी पन्चा सिंह, अनेरास्विवियु सुदेश पराजुली लगायत छन् । संघर्षरत चीन नेपाल विद्यार्थी समाज यस्ता छन् माग ।

    यस्तो छ विज्ञप्ति:

    IMG-20211102-WA0019.jpg

    कार्तिक १७, २०७८ बुधवार ०९:२४:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # चीन

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana