Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

महानायक राजेश हमालले गाएको गीतको भिडियो सार्वजनिक (भिडियो)

महानायक राजेश हमालले गाएको गीतको भिडियो सार्वजनिक (भिडियो)

नेपालपाना कार्तिक १७ २०७८
  • 2.4K
    SHARES
  • महानायक राजेश हमालले गाएको गीतको भिडियो सार्वजनिक (भिडियो)

    काठमाडौँ । महानायक राजेश हमालले पहिलोपटक गाएको गीतको भिडियो सार्वजनिक भएको छ । बुधबार एक कार्यक्रमकाबिच महानायक हमालले गाएको गीतको भिडियो सार्वजनिक भएको हो ।

    उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए । यद्यपि, भिडिओ भने मंगलबार मात्र छायांकन गरिएको थियो ।


    गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् ।

    हेर्नुहोस् भिडियो:

    कार्तिक १७, २०७८ बुधवार १९:१२:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana