Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

 एमसीसीकी डेपुटी सीईओले बेलायतमै भेटिन् प्रधानमन्त्री देउवालाई

 एमसीसीकी डेपुटी सीईओले बेलायतमै भेटिन् प्रधानमन्त्री देउवालाई

नेपालपाना कार्तिक १७ २०७८
  • 2.4K
    SHARES
  •  एमसीसीकी डेपुटी सीईओले बेलायतमै भेटिन् प्रधानमन्त्री देउवालाई

    काठमाडौँ। अमेरिकी सहयोग परियोजना (एमसीसी) की नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् ।

    परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासँग एमसीसीका डेपुटी सीईओ लतोर्तुले शिष्टाचार भेट गरेको जानकारी दिएको हो । 

    ‘भेटमा एमसीसी कम्प्याक्टसँग सम्बन्धित विषयमा छलफल भयो,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ। 

    बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनबारे नेपालका राजनीतिक दलबीच चाँडै सहमति जुट्ने विश्वास व्यक्त गरेका थिए। 

    वासिङ्टनस्थित एमसीसी मुख्यालयले गत बिहीबार विज्ञप्ति निकालेर नेपालको संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदन नभए ५० करोड अमेरिकी डलरको अनुदान सहायता नेपालले गुमाउनसक्ने चेतावनी दिएको थियो। 

    कार्तिक १७, २०७८ बुधवार २०:१५:५० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana