Logo

आइतवार, मंसिर १८ गते २०७९

काश्मीरः एसफ्रुटी योजना अन्तर्गत एसएचजीको जीविकोपार्जनमा सुधार

काश्मीरः एसफ्रुटी योजना अन्तर्गत एसएचजीको जीविकोपार्जनमा सुधार

नेपालपाना कार्तिक १८ २०७८
  • 5.5K
    SHARES
  • काश्मीरः एसफ्रुटी योजना अन्तर्गत एसएचजीको जीविकोपार्जनमा सुधार

    श्रीनगर । जम्मु काश्मीर ग्रामीण जीविका मिसनका निर्देशक डा. सैयद सेहरिश अस्गरले यहाँका नागरिकको जीविकोपार्जनमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    डा. सैयदले अनन्तनाग जिल्लामा ग्रामीण जीविका मिसन अन्तर्गत प्राप्त ब्लक वार प्रगतिको समीक्षा गर्न बसेको बैठकको अध्यक्षता गर्दै यस्तो बताएका हुन्। डा. सैयदले परम्परागत उद्योगहरूको पुनरुत्थानको लागि कोष योजना (एसफ्रुटी) अन्तर्गत विद्यमान एसएचजी सदस्यहरूको नामावली दर्ता गर्न र लगत संकलन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्।

    यसले साझा सुविधा केन्द्रहरू, कच्चा माल बैंक सिर्जना गरेर कामलाई सहज बनाउनेछ र सीप र डिजाइन विकास प्रशिक्षण प्रदान गरिने बताइएको छ। उनले विभिन्न विभागहरुसंग सेल्फ हेल्प ग्रुपका सदस्यहरूले कृषि क्षेत्र र गैरकृषि क्षेत्र दुवैमा आफ्नो जीविकोपार्जन स्थापना गर्नुपर्नेमा जोड दिएका छन्।

    जिल्लामा दुग्ध उत्पादनको प्रचुर सम्भावना भएकोले, बीपीएमहरूलाई किसान उत्पादक संस्थाहरू (एफपीओ) अन्तर्गत एसएचजी सदस्यहरू भर्ना गर्न र लिङ्कहरू अगाडि बढाउन र उनीहरूको व्यवसायलाई उच्च स्तरमा लैजान समूह गतिविधिहरू सुरु गर्न निर्देशन दिएका छन्।

    कार्तिक १८, २०७८ बिहिवार ०९:२३:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # जम्मू–कश्मीर

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend