Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

एमसीसी पास गर्ने भनेर प्रचण्डले नै अमेरिकालाई पत्र पठाएको खुलासा

एमसीसी पास गर्ने भनेर प्रचण्डले नै अमेरिकालाई पत्र पठाएको खुलासा

नेपालपाना कार्तिक १८ २०७८
  • 8.5K
    SHARES
  • एमसीसी पास गर्ने भनेर प्रचण्डले नै अमेरिकालाई पत्र पठाएको खुलासा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउने भनेर एमसीसी मुख्यालयलाई पत्र पठाएको खुलेको छ ।

    स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ बाट स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले एमसीसी पास गराउने भनेर पत्र पठाएको खुलासा गरेका हुन् ।

    सत्ता गठबन्धन मिलेर एमसीसी पास गर्ने भन्दै देउवाले भने, 'प्रचण्डजी र मैले एमसीसी पास गराउछौं भनेर पत्र पठाइसकेका छौं ।’

    बेलायतमा एमसीसी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले एमसीसी सम्झौता संसदबाट अनुमोदनको बारेमा मंगलबार भेटेर राखेको जिज्ञासामा आफूले त्यसलाई सत्ता गठबन्धनसँग मिलेर अघि बढाउने जानकारी दिएको देउवाले जानकारी दिए ।

    भेटमा देउवाले प्रचण्ड र आफूले एमसीसी पास गराउने भनेर पत्र पठाइसकेको समेत स्मरण गराएका थिए ।

    कार्तिक १८, २०७८ बिहिवार १३:०६:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana