Logo

बुधवार, आश्विन १९ गते २०७९

एमसीसी पास गर्ने मिति तोकेर प्रचण्ड र प्रधानमन्त्री देउवाद्वारा हस्ताक्षर

एमसीसी पास गर्ने मिति तोकेर प्रचण्ड र प्रधानमन्त्री देउवाद्वारा हस्ताक्षर

नेपालपाना कार्तिक १८ २०७८
  • 5.9K
    SHARES
  • एमसीसी पास गर्ने मिति तोकेर प्रचण्ड र प्रधानमन्त्री देउवाद्वारा हस्ताक्षर

    काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्नका लागि आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै हस्ताक्षर गरेर पठाइ सकेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

    जलवायु परिवर्तन सम्बन्धी बेलायत भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताएका हुन् ।

    उनले भने का छन्, ‘छिटै पत्रकार सम्मेलन गरेर, उ गरेर पास गराउने कुरा छ । प्रचण्डजी र मैले त यतिभित्र पास गराउँछौं भनेर साइन (हस्ताक्षर)  गरेरै पठाएका छौं ।’

    देउवाका अनुसार एमसीसीकी डेपुटी सीईओले भने संसदको अधिवेशन किन अन्त्य गरेको त भनेर प्रश्न गरेकी थिइन् । त्यसले एमसीसी सम्झौता पारित गर्ने प्रक्रिया प्रभावित हुँदैन भनेर प्रश्न गरेपछि देउवाले भने, ‘केही अध्यादेश ल्याउनुपर्ने भएकाले रोकिएको हो । यसले असर पर्दैन भनेँ ।’

    कार्तिक १८, २०७८ बिहिवार २०:१०:१३ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend