Logo

बुधवार, जेठ ४ गते २०७९

images

अदालतको विवादबारे मुख खोले बाबुरामले, आफ्नै खुट्टामा बञ्चरो हान्दै

अदालतको विवादबारे मुख खोले बाबुरामले, आफ्नै खुट्टामा बञ्चरो हान्दै

नेपालपाना कार्तिक १९ २०७८
  • 7.3K
    SHARES
  • अदालतको विवादबारे मुख खोले बाबुरामले, आफ्नै खुट्टामा बञ्चरो हान्दै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोलेका छन् ।

    दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा राखेका छन् ।

    न्यायलयको गल्ती ढाकछोप गर्न नहुनेमा जोड दिँदै बाबुरामले अदालतले गल्ती सच्याउन नसके संसद अघि सर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सिधै हटाउनुपर्छ त भनेका छैनन् तर उनको आशय जबराले राजीनामा नदिए महाभियोग लगाउन संसद अग्रसर हुनुपर्ने खालको छ ।

    ‘शास्त्रले ‘सत्यं ब्रुयात प्रियं ब्रुयात न ब्रुयात सत्यमप्रियं’ भनेपनि तैं चूप मैं चूप समस्याको समाधान हैन,’ बाबुरामले भनेका छन्, ‘राज्य/समाजका अरू अंगले गल्ती गर्दा सच्याउने न्यायपालिकाले स्वयं वा कार्यपालिकासंगको मिलिमतोमा गल्ती गर्दा कसले सच्याउने ? कि आफैले नत्र व्यवस्थापिकाले हैन र ? गल्ती ढाकछोप नगरौं ।’

    बाबुरामले जुन प्रधानन्यायाधीशले आदेश दिएर सत्तामा ल्याए त्यहीँ प्रधानन्यायाधीशलाई हटाउनुपर्ने भनेर आफ्नै खुट्टामा बन्चरो हानेका छन् । प्रधानन्यायाधीशको राजीनामा आएका यो सत्ता गठबन्धन र सरकार पनि धरापमा पर्नेछ । बाँकी न्यायाधीश पनि कठघरामा उभिने निश्चित छ ।

    कार्तिक १९, २०७८ शुक्रवार १०:११:०९ बजे : प्रकाशित

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend