Logo

बुधवार, जेठ ४ गते २०७९

images

एमसीसी पास गर्न प्रचण्ड-देउवा डराएपछि बाबुराम भट्टराइले गरे खैलाबैला

एमसीसी पास गर्न प्रचण्ड-देउवा डराएपछि बाबुराम भट्टराइले गरे खैलाबैला

नेपालपाना कार्तिक १९ २०७८
  • 4.7K
    SHARES
  • एमसीसी पास गर्न प्रचण्ड-देउवा डराएपछि बाबुराम भट्टराइले गरे खैलाबैला

    काठमाडौँ । बेलायत भ्रमण सकेर स्वदेश आएका दिन बिहीबार काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग बोल्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्ने भनेर पत्र पठाएको बताएका थिए । 

    तर, त्यसपछि शुक्रबार खुमलटारस्थित आफ्नो निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘एमसीसी पास गर्छौं’ भनेर नभई यसका लागि ‘राष्ट्रिय सहमति जुटाउँछौं’ भन्ने बेहोराको पत्र पठाएको स्पष्टीकरण दिएका थिए ।

    त्यसपछि अहिले जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रचण्ड र प्रधानमन्त्री देउवालाई चुनौती दिने किसिमको टिप्पणी गरेका छन् । 

    उनले भनेका छन्, ‘जिम्मेवार राजनीतिक नेतृत्वले  ‘माछा देखे भित्र हात, सर्प देखे बाहिर हात’ गर्दैन । मुख्य कुरो कुनै पनि विषय देश र जनताको हितमा छ कि छैन भन्ने हो। यदि छ भने राजनेताले जोखिम मोलेर पनि त्यो कार्य गर्छ र जनतालाई सम्झाउँछ। चुनावी राजनीति मात्र गर्नेले कुरा चपाउँछ।’

    कार्तिक १९, २०७८ शुक्रवार १८:३६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बाबुराम भट्टराई

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend