Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रधानमन्त्रीले पोल खोलिदिएपछि सत्ता गठबन्धन धरापमा : प्रचण्डको रुवाबासी, माधव चिन्तित

प्रधानमन्त्रीले पोल खोलिदिएपछि सत्ता गठबन्धन धरापमा : प्रचण्डको रुवाबासी, माधव चिन्तित

नेपालपाना कार्तिक २० २०७८
  • 13.5K
    SHARES
  • प्रधानमन्त्रीले पोल खोलिदिएपछि सत्ता गठबन्धन धरापमा : प्रचण्डको रुवाबासी, माधव चिन्तित

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे पोल खोलेपछि सत्ता गठबन्धनमा खैलाबैला भएको छ ।

    कोप–२६ सम्मेलनमा भाग लिएर नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनेर न्युयोर्कस्थित एमसीसी हेडक्वार्टरमा आफू र माओवादी अध्यक्ष प्रचण्डले पत्र लेखेर पठाएको बताएका थिए ।

    यो तथ्य सार्वजनिक भएसँगै एमसीसीको विरोधको नाटक गरेका प्रचण्ड र माओवादी नांगेझार भएको छ । प्रचण्डको दोहोरो भूमिकाप्रति सत्ता गठबन्धनको साझेदार नेकपा (एकीकृत समाजवादी)का आदर्शवादी कुरा गर्ने अध्यक्ष माधव नेपाल चिन्तित बनेका छन् ।

    माधवको चिन्ता, गठबन्धनभित्र असन्तुष्टि र स्वयं आफ्नै पार्टीभित्र असन्तुष्टिका बीच प्रचण्डले प्रधानमन्त्री देउवाले गरेको खुलासालाई खण्डन गर्न बाध्य भएका छन् । उनले प्रधानमन्त्री देउवाले सिधा सिधा भनेको कुरालाई बंग्याउँदै सम्झौतामा सर्वसम्मति जुटाउने भनेको दाबी गरेका छन् ।

    कति सम्म भने प्रचण्डले सुरुमा त एमसीसी पास गर्नुपर्छ भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गरे । तर पछि राष्ट्रिय सहमति जुटाएर सम्झौता अनुमोदनमा प्रयत्न गर्ने भनेको भनेर कुरा मिलाए ।

    यद्यपि देउवाले भने सहमति जुटाउनेबारे अमेरिकालाई पत्र लेखेको स्पष्ट जानकारी दिएका थिए । कुरा मिलाउने क्रममा प्रचण्डले अमेरिका, बेलायत वा विश्वका जुनसुकै देशको सहयोग लिनु सामान्य विषय पनि बताए । एमसीसीको ओरिजिनल सहमतिसँग डराउनुपर्ने कुरा नभएको उनको भनाइ थियो । प्रचण्डले आफ्नो कुरा खण्डन गरेर द्वैध चरित्र देखाएपछि प्रधानमन्त्री देउवा असन्तुष्ट बनेका छन् ।

    सुरुमा एमसीसी पारित गरेर देश विकास गर्ने शर्त मानेका प्रचण्डले अहिले बोली फेरिपछि देउवा र कांग्रेस रुष्ट बनेको छ ।

    कार्तिक २०, २०७८ शनिवार १२:२२:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana