Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले भने- दाइजो प्रथा सामाजिक अपराध हो

प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले भने- दाइजो प्रथा सामाजिक अपराध हो

नेपालपाना कार्तिक २० २०७८
  • 4.4K
    SHARES
  • प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतले भने- दाइजो प्रथा सामाजिक अपराध हो

    महोत्तरी। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक अपराध भएको बताएका छन् ।

    शनिबार जिलई जमईत अहलेहदिस प्रदेश नं २ द्वारा धनुषामा आयोजित दहेज मुक्त अभियान कार्यक्रमलाई सम्बोधन गर्दै दाइजो प्रथा सामाजिक अपराध रहेको बताएका हुन् ।

    मुख्यमन्त्री राउतले दाइजो प्रथा अन्त्य गर्नुको विकल्प नरहेको पनि बताएका छन् । दाइजोको नाममा समाजमा आपराधिक घटनाहरू बढिरहेको र त्यस्ता अपराध अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने मुख्यमन्त्री राउतले बताए ।

    समाजको आधा हिस्सा ओगटेका महिलाहरूलाई शिक्षा क्षेत्रको पहुँचमा पुर्याउनुपर्ने र शिक्षामा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न नसक्ने उनले बताए ।

    कार्तिक २०, २०७८ शनिवार १९:३८:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana