Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

प्रधानन्यायाधीशविरद्ध षडयन्त्र रच्न डलर आइरहेको खुलासा, हटाउन खोज्नेलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने चेतावनी

प्रधानन्यायाधीशविरद्ध षडयन्त्र रच्न डलर आइरहेको खुलासा, हटाउन खोज्नेलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने चेतावनी

नेपालपाना कार्तिक २१ २०७८
  • 4.2K
    SHARES
  • प्रधानन्यायाधीशविरद्ध षडयन्त्र रच्न डलर आइरहेको खुलासा, हटाउन खोज्नेलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने चेतावनी

    काठमाडौं। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै जनताको आयोग महा–अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र गरिएको भन्दै त्यो षड्यन्त्रलाई कुनैपनि हालतमा सफल हुन नदिने स्पष्ट पारेको छ ।

    महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाब सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र भएको बताएकी हुन् ।

    यस्तै उनले प्रधानन्यायाधीश जबराविरुद्ध देशभरि रहेका ९० वटा बार ईकाईले आन्दोलन गर्ने भनिएको सुनाउँदै ती बार ईकाईको खर्च विदेशीले व्यहोर्ने कुरा भएको आफुले थाहा पाएको समेत बताएकी छन् ।

    उनले बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्ने पनि माग गरिन् । उनले भनिन्,‘बेञ्च बहिष्कार गर्ने ती नयायाधीशहरु होईनन्, गद्दार हुन् । उहाँहरुले प्रधानन्यायाधीशलाई विवादस्पद भन्नुभयो, कसरी हुनुभयो प्रधानन्यायाधीश विवादित ? त्यसको प्रमाण दिनुपर्छ ।’ उनले बारका पदाधिकारीलाई जनावर भन्ने शब्द समेत प्रयोग गरिन् । उनले मानहानी भएपनि आफूले त्यसको जिम्मा लिने बताईन् ।


    यस्तै उनले अब न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरुलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने पनि चेतावनी दिईन् । त्यतिमात्रै नभएर जे भेट्यो त्यसले हान्ने पनि उनको चेतावनी छ । उनले भने,‘त्यसरी हान्ने जनतालाई हामीले पुरस्कारको व्यवस्था गरेका छौं । अब देशलाई खिचातानीमा राख्नुहुन्न । नेपाल बारको आन्दोलनको तुक छैन् ।’

    कार्तिक २१, २०७८ आइतवार २०:१९:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana