Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

नेपाली महिला क्रिकेट टोली पराजित

नेपाली महिला क्रिकेट टोली पराजित

नेपालपाना कार्तिक २२ २०७८
  • 3.7K
    SHARES
  • नेपाली महिला क्रिकेट टोली पराजित

    काठमाडौं । आईसीसी महिला टी२० विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपालको राष्ट्रिय महिला क्रिकेट बंगलादेशमा खेलेको दोस्रो अभ्यास खेलमा पराजित भएको छ ।

    बंगबन्धु बीकेएसपी कप सिरिज अन्तर्गत सोमबार भएको दोस्रो खेलमा नेपाल बिकेएसपीसंग ५ विकेटले पराजित भएको हो । 

    नेपाली टोलीले नोभेम्बरको अन्तिममा युएईमा हुने विश्वकप एसिया छनोटमा प्रतिस्पर्धा गर्दैछ र त्यसैको तयारीका लागि एक साताका लागि बंगलादेश गएको हो ।

    नेपालले दिएको ४६ रनको सामान्य लक्ष्य बिकेएसपीले ५ विकेट गुमाएर १२.४ ओभरमा पूरा गर्‍यो । 

    कार्तिक २२, २०७८ सोमवार २१:१८:५९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana