Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

अर्को ठूलो कदम चाल्दै देउवा सरकार, गृहमन्त्रीको घोषणाले मधेसमा छायो खुसियाली !

अर्को ठूलो कदम चाल्दै देउवा सरकार, गृहमन्त्रीको घोषणाले मधेसमा छायो खुसियाली !

नेपालपाना कार्तिक २३ २०७८
  • 19.7K
    SHARES
  • अर्को ठूलो कदम चाल्दै देउवा सरकार, गृहमन्त्रीको घोषणाले मधेसमा छायो खुसियाली !

    जनकपुरधाम । सरकारले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने भएको छ । यससम्बन्धी आवश्यक तयारी भइरहेको गृहमन्त्री बालकृष्ण खाणले जानकारी दिए ।

    संविधानमा भएका कमी कमजोरीलाई संशोधन गरेर सबै जनतालाई मान्य हुने गरी संविधान बनाउने पक्षमा वर्तमान सरकार रहेको मन्त्री खाणले स्पष्ट पारे । यसका लागि संशोधनको ड्राफ्ट तयार भइरहेको र यसमा मधेस केन्द्रीत दलका नेताहरु पनि लागिरहेको खाडले बताए ।

    २०७२ सालमा संविधान बनेयता अझै मधेसका माग सम्बोधन हुनेगरी संशोधन हुन सकेको छैन । अब कांग्रेस नेतृत्वको सरकारले अघि बढाउन लागेको हो । गृहमन्त्री खाणले वर्तमान सरकारले जनताको चाहना र भावनाअनुसार काम गरिरहेको पनि बताए ।

    सोमबार जनकपुर आएका गृहमन्त्री खाणले नेपाली कांग्रेस धनुषाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकार विस्तारमा ढिलाइ भए पनि सरकारले जनताको चाहनाअनुसारका कामलाई अगाडि बढाइरहेको बताए ।

    विधिको शासन र संविधानको रक्षाका निम्ति निर्माण भएको सरकार आमजनताको जीवनरक्षाका लागि गम्भीर रहेको मन्त्री खाणले बताए । केही दिनअघि आएको बाढी-पहिरोले ज्यान गुमाएका परिवारलाई सरकारले दुई लाख रुपैयाँ क्षतिपूर्तिको व्यवस्थासमेत गरेको मन्त्री खाणले बताए ।

    सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली नागरिकको कुनै पनि स्थानमा स्वतन्त्रता पूर्वक बाँच्न पाउनुपर्ने अधिकार सुनिश्चितताका लागि सरकार प्रयत्नशील रहेको खाणले जनाए ।

    कार्तिक २३, २०७८ मंगलवार ०९:५१:३९ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana