Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

सर्वोच्चमा पासा पल्टियो, न्यायाधीशदेखि वकिलसम्म उत्रिन थाले प्रधानन्यायाधीशको पक्षमा, वरिष्ठहरुलाई आपत्

सर्वोच्चमा पासा पल्टियो, न्यायाधीशदेखि वकिलसम्म उत्रिन थाले प्रधानन्यायाधीशको पक्षमा, वरिष्ठहरुलाई आपत्

नेपालपाना कार्तिक २३ २०७८
  • 11.5K
    SHARES
  • सर्वोच्चमा पासा पल्टियो, न्यायाधीशदेखि वकिलसम्म उत्रिन थाले प्रधानन्यायाधीशको पक्षमा, वरिष्ठहरुलाई आपत्

    काठमाडौं । दुई सातादेखि न्यायालयमा भइरहेको आन्दोलनमा नयाँ ट्विस्ट आएको छ ।

    अधिवक्तादेखि न्यायाधीशसम्म प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनबाट पछि हटेका छन् । कन्सिट्युनल फोरम अफ नेपालदेखि कानुन व्यवसायी हकहित संरक्षण तथा सुद्धीकरण अभियानसम्म प्रधानन्यायाधीशको पक्षमा उभिएका छन् ।

    उनीहरुले शुद्धीकरणको काम थाल्न प्रधानन्यायाधीशलाई घच्घच्याउन सुरु गरेका छन् । त्यसैगरी प्रधानन्यायाधीशविरुद्ध आन्दोलन उचाल्ने माओवादी निकट बार एशोसिएसन अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दीको प्रयास समेत भएको छ ।

    प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् । प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् ।

    प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलवार संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका छन् । केसी र शर्मा प्रधानन्यायाधीशविरुद्धको आन्दोलनबाट बाहिरिएका हुन् ।

    बिहीबारबाट अरु केही न्यायाधीश पनि आन्दोलन छाडेर इजलास फर्किने तयारीमा छन् । नियोजित आन्दोलन कमजोर हुँदै गएका बेला प्रधानन्यायाधीश जबराले पनि बेन्च तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

    मंगलबार ६० जना कानुन व्यवसायीको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अदालतमा भइरहेका गैरकानुनी काम निस्तेज गरेर यथाशीघ्र बेन्च सञ्चालन गर्ने प्रतिबद्धता जनाएका हुन् । 'अदालत प्रशासन चलाउने काम मेरो हो ।

    नेपालको संविधान कानुन, न्याय प्रशासन ऐनअन्तर्गत बेन्च तत्काल अगाडि बढाउँछु । गैरकानुनी काम निस्तेज गर्छु,' जबराको भनाई उद्धृत गर्दै अधिवक्ता बसन्त बस्नेतले भने ।

    कार्तिक २३, २०७८ मंगलवार १८:००:४० बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana