Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

प्रधानन्यायाधीसको पक्षमा उत्रियाे जनसागर, माओवादी केन्द्र पनि केही नबाेल्ने

प्रधानन्यायाधीसको पक्षमा उत्रियाे जनसागर, माओवादी केन्द्र पनि केही नबाेल्ने

नेपालपाना कार्तिक २३ २०७८
  • 3.0K
    SHARES
  • प्रधानन्यायाधीसको पक्षमा उत्रियाे जनसागर, माओवादी केन्द्र पनि केही नबाेल्ने

    काठमाडौँ। प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको पक्षमा समथर्न गर्नेहरु अब, खुलारुपमा प्रदर्शन गर्न थालेका छन् । सत्तासाझेदारीका क्रममा भागबण्डाको आरोप लगाइएर एक पक्षले प्रधानन्यायाधीसको विरोध गरिरहेका बेला उनको समर्थन गर्नेको संख्या बढेको हो ।

    सोमबार र आज (मंगलबार) प्रधानन्यायाधीको पक्षमा काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा प्रदर्शन भएको छ । यसबिच सत्ता साझेदार नेकपा माओवादी केन्द्र समेत यो विवादबाट पन्छिएको छ ।

    माओवादी केन्द्रको मंगलवार बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतमा जारी विवादबारे अहिले केही नबोल्ने निर्णय गरेको हो। 

    न्यायालयको विवाद न्यायालय आफैंले टुंग्याउनुपर्ने पक्षमा माओवादी केन्द्र रहेको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्। 

    ‘न्यायालयभित्र अहिले धेरै तीव्र विवाद उठिराखेको छ। यस सन्दर्भमा न्यायालय एउटा स्वतन्त्र संस्था हो, त्यस विषयमा अहिले हामी केही बोल्दैनौँ। न्यायालय आफैंले त्यो समस्या र विवाद टुंग्याओस् भन्नेमा छौँ।’

    कार्तिक २३, २०७८ मंगलवार १९:०१:२५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रधानन्यायाधीश

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana