Logo

आइतवार, मंसिर १८ गते २०७९

प्रधानसेनापति शर्माको भारतमा भव्य स्वागत

प्रधानसेनापति शर्माको भारतमा भव्य स्वागत

नेपालपाना कार्तिक २३ २०७८
  • 5.1K
    SHARES
  • प्रधानसेनापति शर्माको भारतमा भव्य स्वागत

    काठमाडौँ । मंगलबार बिहान काठमाडौँबाट भारत प्रस्थान गरेका प्रधान सेनापति प्रभुराम शर्माको त्यहाँ भव्य स्वागत भएको छ । 

    औपचारिक भ्रमणका क्रममा रहेका प्रधानसेनापति शर्माले भारतका सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका छन्। 

    prabhuram-bharat.jpg

    सेनाद्वारा जारी विज्ञप्तिअनुसार दुई जनाबीच आपसी हित र पारस्परिक सम्बन्धनका विषयमा द्विपक्षीय छलफल भएको छ। नेपाली सेनाका अनुसार प्रधानसेनापति शर्मालाई भारतीय सेनाको एक टुकडीले ‘साउथ ब्लक लन’मा सम्मान गारत अर्पण गरेको थियो।​

    प्रधान सेनापति शर्मालाई भोलि (बुधबार) भारतका राष्ट्रपति रामनाथ कोबिन्दले भारतीय सेनाको मानार्थ सेनाध्यक्षको पदावधि दिने कार्यक्रम छ। यस्तै बिहीबार प्रधान सेनापति शर्माले उच्चस्तरीय सुरक्षा र राजनीतिक भेटवार्ता गर्ने छन्। भारत भ्रमण सकेर शर्माको टोली शुक्रबार नेपाल फर्किने नेपाली सेनाले जनाएको छ। 

    कार्तिक २३, २०७८ मंगलवार २०:३०:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भारतीय सेना
  • # नेपाली सेना

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend