Logo

आइतवार, मंसिर ११ गते २०७९

पाँच लाख गरिब विपन्न परिवारलाई राहत बाँड्दै देउवा सरकार, यस्तो छ प्रक्रिया

पाँच लाख गरिब विपन्न परिवारलाई राहत बाँड्दै देउवा सरकार, यस्तो छ प्रक्रिया

नेपालपाना कार्तिक २५ २०७८
  • 12.8K
    SHARES
  • पाँच लाख गरिब विपन्न परिवारलाई राहत बाँड्दै देउवा सरकार, यस्तो छ प्रक्रिया

    काठमाडौं । सरकारले अति विपन्न गरिब पाँच लाख परिवारलाई राहत बाड्ने प्रक्रिया सुरु गरेको छ ।

    अर्थ मन्त्रालयले बिहीबार सूचना निकालेर त्यस्ता परिवारसँग आवेदन माग गरेको छ । राहतस्वरुप एक पटकका लागि १० हजार रुपयाँ दिनेगरी प्रक्रिया अगाडि बढाइएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयअघि सत्ता गठबन्धनबाट सहमति गराएर गरिब विपन्नलाई सहायता गर्ने निर्णय गरेका थिए ।

    जसअन्तर्गत एक पटकका लागि १० हजार रुपयाँ दिने उक्त राहत प्राप्त गर्न १५ दिनभित्र आफू स्थायी वा अस्थायी रुपमा बस्दै आएको स्थानीयको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन अर्थ मन्त्रालयले आह्वान गरेको हो ।

    रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असङ्गठीत क्षेत्रका मजदुर वा कामदारले राहत पाउनेछन् ।

    यस्तै, खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाड्लो डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी, दैनिक ज्याला–मजदूरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर र पर्यटकलाई पनि सो राहत रकम उपलब्ध गराइनेछ ।

    कोभिड–१९ सङ्क्रमणको कारणबाट एक घरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई स्याहार गर्ने परिवारले समेत राहत पाउनेछन् ।

    यसैगरी, सरकारले एक घरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघ संस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेका परिवारलाई राहत वितरण गर्ने छैनन् ।

    कार्तिक २५, २०७८ बिहिवार ११:१५:३९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सरकार

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend