Logo

बिहिवार, जेठ १२ गते २०७९

images

सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने

सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने

नेपालपाना कार्तिक २६ २०७८
  • 3.4K
    SHARES
  • सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने

    चितवन। चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल–भारत साहित्य उत्सव हुने भएको छ । कविडाँडा साहित्य समाजको १९औँ स्थापना दिवसको अवसरमा यही कात्तिक २७ र २८ गते उक्त उत्सव आयोजना गर्न लागिएको हो । 

    उत्सवमा भारत र नेपालका गरी करिब १०० साहित्यकार सहभागी हुने बताइएको छ । भारतको मणिपुर, आसाम, सिक्किम, दार्जिलिङ, डुवर्स, मिरिक, सिलिगुडी र दिल्लीबाट झण्डै ३० साहित्यकार आउने समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिए । यहाँका सहित १५० हाराहारीमा साहित्यकार सहभागी हुने उनले बताए । उत्सवको सबै तयारी पूरा भएको छ । 

    कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा छ कार्यपत्र प्रस्तुत हुनेछ । भारतीय सहभागी साहित्यकार नेपाली मूलका रहने छन् । कार्यपत्र प्रस्तोता नेपाल र भारतका तीन तीन जना रहने छन् । अध्यक्ष क्षेत्रीका अनुसार भारतका गोमा अधिकारी, डा।नवीन पौडेल, डा।टिबी क्षेत्री तथा  नेपालका डा। केशव चालिसे, डा।अशोक थापा र लिला लुइँटेलले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमा नेपाली साहित्यलाई विश्व बजारमा कसरी चिनाउने, विदेशमा रहेका नेपालीले यहाँको साहित्य प्रवद्र्धनमा गरेको योगदान, नेपाली साहित्यको अवस्थालगायत विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । तीनै विषयमा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा गरिँदै छ ।


    सबै सहभागीबाट रचना वाचनको कार्यक्रम पनि छ । सो  अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार नियात्राकार इल्या भट्टराई तथा प्रसिद्ध कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने छ । लोकप्रिय गीतकार तथा कवि श्रवण मुकारुङलाई ‘कविडाँडा सुवर्ण–तुलसी काव्य पुरस्कार–२०७८’ बाट सम्मानित गरिने कार्यक्रमसमेत रहेको क्षेत्रीले बताए ।

    कार्तिक २६, २०७८ शुक्रवार १९:०२:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेपाल–भारत सम्बन्ध

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend