Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

सर्वोच्चका १० न्यायाधीश काममा फर्किँदै, प्रधानन्यायाधीश जबरा बहुमतमा

सर्वोच्चका १० न्यायाधीश काममा फर्किँदै, प्रधानन्यायाधीश जबरा बहुमतमा

नेपालपाना कार्तिक ३० २०७८
  • 4.1K
    SHARES
  • सर्वोच्चका १० न्यायाधीश काममा फर्किँदै, प्रधानन्यायाधीश जबरा बहुमतमा

    काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशमध्ये १० जना काममा फर्किने भएका छन् ।

    यसको सुरुवात पाँच जना न्यायाधीशले सोमबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँगको छलफल बहिष्कारबाट गरेका छन् ।

    उनीहरुले मंगलबारबाट काममा फर्किने र बन्दी प्रतयक्षीकरण मुद्दा हेर्ने घोषणा गरेका छन् । अन्य मुद्दा गोला प्रथा लागु भएपछि आवश्यकताअनुसार हेर्ने भनेका छन् ।

    यस्तो घोषणा गरेर अगुवाई गर्नेमा तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र कुमार चुडाल छन् । त्यसैगरी न्यायाधीशहरु सपना प्रधान मल्ल, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदी पनि न्यायलयलाई थप गतिरोधमा राख्न नहुने निष्कर्षमा पुगेका छन् । उनीहरु पनि यसै साताबाट काममा फर्किने भएका छन् ।

    न्यायधीशहरुले निर्णय लिन नसकेको, एकता नभएको र प्रधानन्यायाधीशसँग सम्वाद पनि नगरेको भन्दै उनीहरु असन्तुष्ट बनेका छन् । न्यायलयलाई अनिर्णयको बन्दी बनाएर सेवाग्राहीलाई दुख दिन नहुने उनीहरुको निष्कर्ष छ । यससँगै १० जना न्यायाधीश इजलास फर्किने निश्चित भएको छ ।

    १९ न्यायाधीशमा प्रधानन्याधीशसहित ११ न्यायाधीश काममा फर्किएपछि बहुमत पुग्नेछ । इजलास छोडेका न्यायाधीश अल्पमतमा पर्दै काममा फर्किन बाध्य हुनुपर्नेछ । होइन भने ती न्यायाधीशहरुले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्थासमेत आउँछ ।

    न्यायधीशहरु काम फर्किएमा बार जतिसुकै उफ्रिए पनि केही हुनेवाला छैन । आन्दोलन मत्थर हुनेछ ।

    कार्तिक ३०, २०७८ मंगलवार ०६:५४:३१ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana