Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

चोलेन्द्रविरुद्ध यस्तो छ कल्याण श्रेष्ठको सुनियोजित षडयन्त्र, बारकै पदाधिकारीले गरे पर्दाफास

चोलेन्द्रविरुद्ध यस्तो छ कल्याण श्रेष्ठको सुनियोजित षडयन्त्र, बारकै पदाधिकारीले गरे पर्दाफास

नेपालपाना कार्तिक ३० २०७८
  • 14.2K
    SHARES
  • चोलेन्द्रविरुद्ध यस्तो छ कल्याण श्रेष्ठको सुनियोजित षडयन्त्र, बारकै पदाधिकारीले गरे पर्दाफास

    काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उचाल्नमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले भूमिका खेलेको तथ्य बाहिर आएको छ ।

    युरोपियन युनियन निकट मानिने, अदालतमा पश्चिममा फण्ड छिराउने श्रेष्ठ र प्रधानन्यायाधीश राणाबीच पछिल्लो समय नोकझोक पनि चलिरहेको छ ।

    खासगरी श्रेष्ठ आफूविरुद्ध लागेपछि राणाले बुद्धि भएर पनि विवेक नभएको मान्छे भनेर टिप्पणी गरेका थिए । यसमा श्रेष्ठले विवेक जाच्ने विषय नभएको भन्दै त्यो फैसलामा देखिने बताएका थिए ।

    यसरी राणासँग नोकझोक चलिरहेका बेला पछिल्लो बारको आन्दोलन चर्काउन श्रेष्ठकै भूमिका रहेको बताइन्छ । आफूले भनेको नमानेको, आफूलाई नटेरेको भन्दै श्रेष्ठ राणालाई हटाउने र आफ्नो भनेको मान्ने यस म्यान नेतृत्वमा ल्याउन सक्रिय छन् ।

    यसैक्रममा चोलेन्द्रलाई हटाउन उनले अर्को अस्त्र फ्याकेको खुलेको छ । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्रप्रसाद पोखरेलले काठमाडौंको एक ल फर्मममा न्यायाधीशहरुले र आन्दोलनरत वकिलहरुले जारी गर्ने भनेर श्वेतपत्रको मस्यौदा भैसकेकोले त्यो भोलिसम्म जारी भैसक्ने पनि सनसनीपूर्ण खुलासा गरे ।

    उनले भने, ‘तपाईँलाई म आजै यो खुलासा गर्छु कि काठमाडौंको ल फर्मममा हिजो, दुई वटा श्वेतपत्र तयार छन् । १९ जना न्इायाधीशहरुले जारी गर्ने, र वकिलहरुले जारी गर्ने दुवैको मस्यौदा भएको छ । रुजुको लागि बार सञ्चालन गर्ने साझेदारी ल फर्म हुँदै कुपण्डोलतर्फ एक जना पूर्व प्रधानन्यायाधीशको निवासमा पुगेको छ ।’

    उनले नाम नलिकईन श्वेपत्रको मस्यौदा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको निवासमा पुगेको ईंगित गरेका हुन् । उनले थपे– ‘त्यो श्वेतपत्र अब कानून समाजमा भोलि आउँछ । हेर्नुहोला, दुवै श्वेतपत्र एकै समयमा आउँछ । उथलपुथल भएन भने भोलि दुई वटा श्वेतपत्र आउँछ । न्यायापालिकालाई डुबाउनको लागि गरिँदै गरिएको अर्को षड्यन्त्र हो ।’

    कार्तिक ३०, २०७८ मंगलवार ०७:०७:५६ बजे : प्रकाशित

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana