Logo

शुक्रवार, मंसिर १६ गते २०७९

सांसद शाहले प्रधानमन्त्रीलाई सुनाए मलखाद्य नपाउँदा किसानले भोगेको समस्या, भारत र बंगलादेशबाट आउँदै

सांसद शाहले प्रधानमन्त्रीलाई सुनाए मलखाद्य नपाउँदा किसानले भोगेको समस्या, भारत र बंगलादेशबाट आउँदै

नेपालपाना कार्तिक ३० २०७८
  • 6.9K
    SHARES
  • सांसद शाहले प्रधानमन्त्रीलाई सुनाए मलखाद्य नपाउँदा किसानले भोगेको समस्या, भारत र बंगलादेशबाट आउँदै

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मलको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

    सरकारी निवास बालुवाटारमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले किसानलाई आवश्यक मल अभाव नहुनेगरी आपूर्तिको पहल भइरहेको बताए ।

    कपिलवस्तुबाट आएका सांसद शाहले मलखाद्य नपाउँदा किसानहरु मारमा परेको जानकारी गराएका थिए । 'मलखाद्य नपाउँदा किसानलाई धेरै नै सास्ती भइरहेको छ । मलखाद्यको व्यवस्था छिटो भन्दा छिटो हुनुपर्यो भन्यौं,' शाहले भने, 'उहाँ (प्रम)ले कुरो भइरहेको छ । भारतसहित अरु देशसँग कुरा भइरहेको जानकारी गराउनुभयो ।'

    नेपालमा मलखाद्यको अभाव र भारतबाट नेपाली किसानले ल्याउँदा भारतीय सुरक्षाकर्मीले दुख दिने गरेको छ । सरकारले भारतसहित बंगलादेशलगायत राष्ट्रबाट मलखाद्य ल्याउन परराष्ट्र र कृषि मन्त्रालयमार्फत पहल अगाडि बढाइरहेको छ । यसअघि सांसद शाहले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

    कपिलवस्तुमा अधिकांश परिवार खेतीकिसानीमा आश्रित छ । तर समयमा मल नपाउँदा किसान मारमा छन् । कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका शाहले १४औं महाधिवेशनबारे पनि पार्टी सभापति देउवासँग कुरा भएको बताए ।

    कार्तिक ३०, २०७८ मंगलवार १७:२९:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अभिषेकप्रताप शाह

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend