Logo

शुक्रवार, माघ १४ गते २०७८

images
images

बर्खास्त भएका मन्त्री यादवले मुख्यमन्त्रीविरुद्ध लिएका थिए भयंकर एक्सन

बर्खास्त भएका मन्त्री यादवले मुख्यमन्त्रीविरुद्ध लिएका थिए भयंकर एक्सन

नेपालपाना कार्तिक ३० २०७८
  • 7.6K
    SHARES
  • बर्खास्त भएका मन्त्री यादवले मुख्यमन्त्रीविरुद्ध लिएका थिए भयंकर एक्सन

    काठमाडौँ। प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव मंगलबार बर्खास्त भएका छन् । राजीनामा दिन नमान्दा मन्त्री यादव बर्खास्त भएका हुन् ।

    बर्खास्त भएसँगै मन्त्री यादवले आफु बर्खास्तमा पर्नु पछाडिको रहस्य खुलाएका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध राजीनामा माग्दै कडा एक्सन लिएका थिए ।

    केही समयअघि ‘बेटी पढाऔं, बेटी बचाऔँ’ अभियान अन्तर्गत कक्षा ८ का छात्रालाई वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । यसपछि मन्त्री यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।


    मुख्यमन्त्रीको राजीनामा माग्दै नै आफु बर्खास्तमा परेको उनले मंगलबार दाबी गरेका हुन् ।

    कार्तिक ३०, २०७८ मंगलवार १८:५०:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रदेश २

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana