Logo

बुधवार, जेठ ४ गते २०७९

images

अमेरिकी राष्ट्रपति बाइडेनका दूत काठमाडौं आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने

अमेरिकी राष्ट्रपति बाइडेनका दूत काठमाडौं आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने

नेपालपाना मंसिर १ २०७८
  • 3.8K
    SHARES
  • अमेरिकी राष्ट्रपति बाइडेनका दूत काठमाडौं आउँदै, प्रधानमन्त्री देउवालाई भेट्ने

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य-एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लू आज काठमाडौ आइपुग्दैछन् ।

    दुइदिवसीय नेपाल भ्रमणका क्रममा मन्त्री लू राष्ट्रपति जो बाइडेनको प्रतिनिधित्व गर्दै नेपाल आउन लागेका हुन् । गत महिना राष्ट्रपति बाइडेन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच स्कटल्याण्डमा सौहार्दपूर्ण भेट भएको थियो । भेटपछि बाइडेनले आफ्ना दूतलाई माल्दिभ्स हुँदै नेपाल पठाएका हुन् ।

    माल्दिभ्सको राजधानी मालेमा केही कूटनीतिक भेटघाटपछि सहायक विदेशमन्त्री लू काठमाडौं आउन लागेका हुन् । उनी मालेबाट आज अपरान्हतिर काठमाडौं अवतरण गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

    काठमाडौं भ्रमणमा लूले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । नेपालमा अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुन नसकेका बेला राष्ट्रपति बाइडेनका प्रतिनिधि नेपाल आउन लागेका हुन् ।

    भेटमा द्विपक्षीय सहयोग र एमसीसीबारे छलफल हुने बताइएको छ ।

    मंसिर १, २०७८ बुधवार ०९:१२:२७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend