काठमाडौँ । कतार भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले एक खेल अगावै घरेलु टोली विरुद्धको टि ट्वान्टी अन्तर्राष्टिय सिरिज आफ्नो पक्षमा पारेको छ। बुधबार भएको दोस्रो खेलमा कतारलाई ६१ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो।
नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार निर्धारित १९ दशमलव ३ ओभरमा ६८ रनमा अलआउट भयो।
कतारका लागि कप्तान आयशाले सर्वाधिक २४ रन बनाइन्। केरि पाउनसेटले १५ रन थपिन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।