Logo

आइतवार, मंसिर १८ गते २०७९

बोलेर हैन गरेर देखायो देउवा सरकारले, परराष्ट्रमन्त्रीले सुरु गरे डिजिटल पासपोर्ट, अब सजिलै पासपोर्ट पाउने

बोलेर हैन गरेर देखायो देउवा सरकारले, परराष्ट्रमन्त्रीले सुरु गरे डिजिटल पासपोर्ट, अब सजिलै पासपोर्ट पाउने

नेपालपाना मंसिर २ २०७८
  • 5.2K
    SHARES
  • बोलेर हैन गरेर देखायो देउवा सरकारले, परराष्ट्रमन्त्रीले सुरु गरे डिजिटल पासपोर्ट, अब सजिलै पासपोर्ट पाउने

    काठमाडौं । सरकारले विद्युतीय राहदानी प्रयोगमा ल्याएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार ई-पासपोर्टको औपचारिक वितरण सुरु गरेका हुन् ।

    पहिलो पासपोर्ट उनले त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित एक कार्यक्रममा १०२ वर्षीय शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरे ।

    डिजिटल एवं बायोमेट्रिक राहदानीको रुपमा चिनिने पासपोर्टलाई शेरबहादुर देउवा सरकारले कार्यान्वयनमा ल्याएको हो । यो पासपोर्ट कार्यान्वयनमा आएसँगै अब केही सहजता हुनेछ ।

    परराष्ट्रमन्त्री खड्काले सरकारले अन्तर्राष्ट्रियरुपमै राम्रो मानिएको पासपोर्ट ल्याएको भन्दै अब यसको सम्मान गर्ने दायित्व नागरिकको हातमा रहेको बताए । पासपोर्टको सम्मान मुलुकको पनि सम्मान भएको उनको भनाइ छ ।

    सर्वसाधारणले ७७ वटै जिल्ला, ४० वटा नियोग र १८ वटा इलाका प्रशासन कार्यालयबाट पासपोर्ट पाउन थाल्नेछन् । राहदानी विभागले केही सातासम्म ई-पासपोर्टलाई सीमितरुपमा वितरण गर्ने र जरुरी परेकालाई भने एमआरपी पासपोर्ट नै दिने जनाएको छ ।

    ई-पासपोर्टलाई सुरक्षा, डिजाइन र अन्य विशेषताको कारण एसियामै उत्कृष्टमध्ये रहेको जनाएको छ । आइकाओले ई-पासपोर्टलाई संसारमै सुरक्षित पासपोर्टको रुपमा परिभाषित गरेको छ । यसलाई एमआरपीभन्दा गुणस्तरीय र भरपर्दो मानिन्छ ।

    ई-पासपोर्टमा मोबाइलमा जस्तै विद्युतीय ‘चिप’ र ‘एन्टेना’को प्रयोग हुन्छ । यसमा पासपोर्टसहित व्यक्तिगत विवरण र बायोमेट्रिक डेटा पनि राखिन्छ । यो पासपोर्टलाई मेसिन र कम्प्युटरले सजिलै रिड गर्न सक्छ ।

    यसको सेक्युरिटी फिचर पनि बलियो हुन्छ । ई-पासपोर्ट प्रयोगमा आएपछि राहदानीको दुरुपयोग रोकिने छ । एक देशमा अपराध गरेर अर्को देशमा जान खोज्ने अपराधीलाई अध्यागमनमै रोक्न सकिने र इन्टरपोललाई पनि सजिलो हुने छ ।

    मंसिर २, २०७८ बिहिवार ०८:२५:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नारायण खड्का
  • # देउवा सरकार

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana

    Site By: SobizTrend