काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा दुईपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले बताएका छन् ।
भेटमा नेपाल र अमेरिकाबीचको लामो सम्बन्ध, सहकार्य र द्वीपक्षीय हितको विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले ट्विटरमा उल्लेख गरेका छन् ।