Logo

बिहिवार, मंसिर १६ गते २०७८

images

टी–२० सिरिज : कतारमाथि नेपालको क्लिन स्विप

टी–२० सिरिज : कतारमाथि नेपालको क्लिन स्विप

नेपालपाना मंसिर २ २०७८
  • 1.2K
    SHARES
  • टी–२० सिरिज : कतारमाथि नेपालको क्लिन स्विप

    काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको ३ खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेको छ । 

    बिहीबार दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको अन्तिम टी–२० मा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३(० ले आफ्नो पोल्टामा पारेको हो ।

    नेपालले आफ्नो पहिलो टी(२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

    नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ मात्र रन जोड्न सक्यो । 

    मंसिर २, २०७८ बिहिवार २०:५३:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # खेलकुद्

  • नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana