काठमाडौँ। अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु र उपसहायक विदेश मन्त्री केल्ली किडरलिङ काठडमाडौँ भ्रमणमा रहँदा नेपालमा अमेरिकन चेम्बर अफ कमर्स(एएमसीएचएएम(ब्mऋजबm)नेपालको स्थापना भएको छ ।
नेपालमा अमेरिकी कम्पनीहरूको प्रतिनिधित्व गर्ने शीर्ष व्यापारीहरूलाई पदाधिकारी बनाउँदै अमेरिकाले चेम्बर अफ कमर्स खोलेको हो ।
यसका संस्थापकमा अध्यक्ष अजित शाहसहित निर्मल श्रेष्ठ, अतुल्य रिसाल, कैलाश बियानन्द, आकाश गोल्छा, राज शाह, जयादिन श्रेष्ठ, मंगेशलाल श्रेष्ठ, ओस्कार बतास, असीम एमएस बस्न्यात सञ्जय गोल्छा, साकार पुडासैनी र सेमेन्त दाहाल सदस्य रहेका छन् ।
यो चेम्बर संयुक्त राज्य अमेरिकाको चेम्बर अफ कमर्सको सदस्य हुने काठमाडौँ स्थित अमेरिकी दूतावासले जनाएको छ ।
चीनले बेल्ट एण्ड रोड इन्सिएटिभ एवं अन्य व्यापारीक मार्ग बनाएर विश्वभर आफ्नो उत्पादनको प्रभुत्व बनाउने रणनीति अँगालेका बेला नेपालमा यो चेम्बरले अर्थ राख्ने देखिएको छ । खासगरी यसले अमेरिकी उत्पादनको प्रर्वद्धनमा मद्दत पुर्याउने हुँदा नेपालमा चिनियाँ उत्पादनको प्रभुत्वलाई बढाव हुन नदिन समेत भुमिका निभाउन सक्ने देखिएको छ ।