Logo

बिहिवार, माघ १३ गते २०७८

images
images

प्रचण्डलाई थर्काएर गए अमेरिकी सहायक विदेशमन्त्री, एमसीसीमा थुरथुर

प्रचण्डलाई थर्काएर गए अमेरिकी सहायक विदेशमन्त्री, एमसीसीमा थुरथुर

नेपालपाना मंसिर ४ २०७८
  • 5.1K
    SHARES
  • प्रचण्डलाई थर्काएर गए अमेरिकी सहायक विदेशमन्त्री, एमसीसीमा थुरथुर

    काठमाडौं । शुक्रबार अमेरिका फर्केका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे ।

    भेटमा प्रधानमन्त्री देउवाले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अघि बढाउने प्रतिक्रिया दिए । ओलीले पनि आफ्नो पालमा अघि बढाउन खोजेको बताउँदै संसदबाट पारित गर्ने कुरा सत्ता गठबन्धनको हातमा रहेको बताए ।

    बहुमत सत्ता गठबन्धनसँग भएकाले आफूहरुको भूमिका नरहने र तर आवश्यक परेमा सघाउने वचन दिए । तर एमसीसीमा बाहिर विरोध र भित्रभित्रै पत्र लेखेर पास गर्छौं भनेर द्वैध चरित्र देखाइरहेका प्रचण्ड भने यसपालि ट्रयापमा परे । अमेरिकी मन्त्री लु ले दोहोरो कुरा नगर्न भन्दै सचेत गराउँदै डिसिजन मागे ।

    उनले सत्ता गठबन्धनमा एमसीसी प्रति नकारात्मक धारणा राख्ने प्रचण्डलाई झण्डै तीन साता अर्थात डिसेम्बर १४ सम्मको अल्टिमेटम नै दिए । अमेरिकी मन्त्रीले एमसीसीमा तीन साताभित्र निर्णय गर्न अल्टिमेटम दिँदै नभए फिर्ता लाने चेतावनी दिए ।

    जवाफमा प्रचण्डले राष्ट्रिय सहमति जुटाएर पारित गर्ने आश्वासन दिएको स्रोतले बतायो । तर यसका लागि अमेरिकाले फैलिएका भ्रमलाई चिर्न सहयोग गरिदिनुपर्ने उनको अनुरोध थियो । प्रचण्डले वैदेशिक सहयोग लिने कुरामा नेपाल सधैँ तयार रहेको पनि बताए ।

    एमसीसीको विषयलाई सकारात्मक ढंगले जानुपर्ने र दलहरुबीच छलफल गरेर मात्रै साझा निष्कर्ष निकाल्ने आश्वासन दिए । उनले सहमति नजुटे एमसीसीलाई सदनमा निर्णयार्थ प्रस्तुत गरिने र त्यहीँबाट जे निर्णय हुन्छ त्यहीँ हुने पनि बताए ।

    मंसिर ४, २०७८ शनिवार ११:४९:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमसीसी

  • नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana